चिकित्सा शिक्षामा फड्को

by • • किताबComments (0)455

प्रस्तुत पुस्तक (चिकित्सा शिक्षामा फड्को)को विषयवस्तु नेपालको उच्चतहको चिकित्सा शिक्षासँग सम्बन्धित छ भन्ने कुरा आवरणबाटै पनि स्पष्ट हुन्छ । विद्यालय शिक्षा र शिक्षण पेशासँग सीधा साइनो नभएको किताब प्रकाशित गर्ने कुरा ज्ञान–विज्ञान शैक्षिक सहकारी÷शिक्षक मासिकको प्राथमिकताभित्र कसरी पर्न गयो त भन्ने सामान्य जिज्ञासा उत्पन्न हुन सक्छ । त्यस्तो जिज्ञासाको जवाफ भने एकदमै सरल छ— यो पुस्तकको लेखनमा पाइने मौलिकता र आधिकारिकता । अर्थात् पहिले खासै नपढिएका डा. सीताराम अधिकारीको प्रथम पाण्डुलिपिका यिनै दुईवटा गुणले यस पुस्तकको प्रकाशक बन्न हामीलाई प्रेरित गरेका हुन् । तथ्य र विचार प्रस्तुत गर्ने डा.अधिकारीको शैली मौलिक मात्रै छैन, अत्यन्त मिठासपूर्ण र भरपर्दो पनि छ । तथ्यहरू प्रमाण र स्रोतमा आधारित छन्, जसलाई निर्धक्क पत्याउन र प्रयोग गर्न सकिन्छ ।

पेशागत व्यावसायिक जीवनको संस्मरण कसरी र कस्तो लेख्ने भनी सिक्न चाहनेका निम्ति प्रस्तुत पुस्तक दृष्टान्त÷मार्गदर्शन नै हुन सक्छ । यसमा, ठोस प्रमाण; तथ्य र दस्तावेजले देखाउने कुरा सग्लो रूपमा जस्ताको त्यस्तै पढ्न पाइन्छ । आफ्नो संस्मरणलाई निजात्मक र पट्यारलाग्दो हुनबाट जोगाउन लेखकले तथ्यको सहारा मात्रै लिएका छैनन्, प्रमाणको संकलन र प्रस्तुतिमा त्यतिकै परिश्रम पनि गरेका छन् ।

Related Posts

/*sign up form*/