चाबी–हथौडा संवाद !

by • • हेराइ र बुझाइComments (0)66

Print Friendly, PDF & Email

शहरको भित्री गल्लीको कुनामा पुराना ताला–चाबी बनाउने सानो दुकान थियो । त्यहाँ डुप्लिकेट साँचो बनाउनुपर्नेहरू बढी आउँथे । दुकानमा थरीथरीका पुराना ताल्चा र चाबी थिए । खिया लागेका ताला–साँचोको बीचमा एउटा फलामे हथौडा पनि थियो, जसको प्रयोग बिग्रिएर नखुलेका ताला तोड्नका निम्ति हुन्थ्यो ।

एक दिन दुकान बन्द गरेर साहु हिंडिसकेपछि, हथौडाले वर्षौंदेखि आफ्नो मनमा एउटा उठिरहेको खुल्दुली नजिकैको चाबीसँग पोख्यो ।
हथौडाः “ए चाबी बहिनी ! तिमी त्यति सजिलै, त्यो पनि एकैछिनमा त्यत्रा त्यत्रा ताला कसरी खोल्छ्यौ हँ ? म यति बलियो भएर पनि एउटा ताला खोल्न कैयौं प्रहार गर्नुपर्छ !”

चाबीः (मुस्कुराउँदै)– “हेर्नुस् हथौडा दाइ, तपाईं ताला खोल्न आफ्नो बल प्रयोग गर्नुहुन्छ, त्यसलाई निर्दयतापूर्वक हिर्काउनुहुन्छ । तर यसो गर्दा पनि धेरै ताला खुल्दैनन्, बरू ऊ फुटिदिन्छन् । जबकि म तालालाई अलिकति पनि कष्ट दिन्न । बरू म बिस्तारै ऊभित्र छिरेर उसको हृदय स्पर्श गर्छु; त्यहाँ आफ्नो निम्ति ठाउँ बनाउँछु । अनि म विनम्रतापूर्वक उसलाई खुल्न भन्छु; ऊ तुरुन्त खुलिदिन्छ ।”

पाठः बल प्रयोग अथवा जोरजबर्जस्ती गरेर पनि कुनै काम गर्न त सकिन्छ तर त्यसको परिणाम सुखद या सकारात्मक नहुन सक्छ, जसरी हथौडाले हान्दा ताला त खुल्छ, तर फुटेर, कुच्चिएर ! त्यो फेरि काम नलाग्ने हुन्छ । तालाको ठाउँमा विद्यार्थी या बालबालिका र हथौडा-चाबीको भूमिकामा शिक्षक-अभिभावकलाई राखेर यो कथा फेरि लेख्न पनि सकिन्छ ।

२०७५ असोज अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/