गुरुपूर्णिमा मनाउँदै

by • • Highlight, Homepage MosaicComments (0)457

Print Friendly, PDF & Email

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुलाई सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइन्छ । गुरुपूर्णिमा दीक्षा वा शिक्षा दिएर सही बाटो देखाइदिने गुरु–शिक्षकलाई सम्झ्निे र कृतज्ञता प्रकट गर्ने दिन हो । गुरुले दिने ज्ञान–शिक्षा अमूल्य हुन्छ । यसअर्थमा रुपैंया–पैसामा त्यसको मूल्य चुक्ता गर्न सकिंदैन । बजारमा धेरै किताबहरू पाइन्छन्, तर ज्ञान किन्न पाइँदैन । त्यसैले आफ्ना गुरुलाई आदर, स्नेह र सम्मान गर्न भने जसले पनि सक्छ । सच्चा गुरुले आफ्ना शिष्य–विद्यार्थीबाट त्योभन्दा धेरै अपेक्षा पनि राखेका हुँदैनन् ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । यस मानेमा अज्ञानतारुपी अन्धकारलाई हटाएर ज्ञानरुपी शिक्षाको प्रकाश फैलाउने गुरु नै ब्रह्मा, विष्णु, महेश्वर हुन् । अन्धकारलाई नाश गरी जीवनमा उज्यालो फैलाइदिने व्यक्ति नै गुरु हुन् । हिन्दु शास्त्र अनुसार ब्रह्मा, विष्णु, महेश्वरलाई गुरुको रूपमा मानिएको छ । त्यसैले माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । वेदलाई ऋग्वेद, यजुर्वेद, समावेद र अथर्ववेद गरी चार भागमा विभाजन गरिएको छ । यसको अर्थ बुझाउन संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यास आषाढ शुक्ल पूर्णिमाकै दिन जन्मिएकाले आज व्यास जयन्ती पनि मनाइन्छ । प्राचिन समयमा शिष्यले गुरुको आश्रम वा गुरुकुलमा गएर शिक्षा ग्रहण गर्ने चलन थियो ।
गुरुपूर्णिमाका अवसरमा देशैभरका विद्यालय, कलेज तथा संघसंस्थामा विद्यार्थीहरूले आफ्ना गुरुहरु प्रति श्रद्धाभाव प्रकट गर्दै गुरुपूर्णिमा मनाउँछन् ।
२०७५ साउन ११ गते ग्वर्को, ललितपुरस्थित प्रभात माविमा विद्यार्थीहरूले गुरुपूर्णिमा मनाउँदै गर्दा देखिएका दृश्यहरू हेर्नुहोस्ः
शब्द/तस्वीरः खड्गबहादुर मगर ‘अनिल’

 

 

 

 

 

 

Related Posts

/*sign up form*/