गुणस्तरीय शिक्षा

by • • 2072_06, चिन्तनComments (0)2751

Print Friendly, PDF & Email

गुणस्तरीय शिक्षा जिम्मेवारी कसको ?

गुणस्तरीय शिक्षा दिन हामीले अनेकन् हथकण्डा अपनायौँ । ती हथकण्डाले हामीलाई एउटै सन्देश दिए— गुणस्तर सुधार्ने शिक्षक नै रहेछन्, अरू सहायक रहेछन् । तर हाम्रा प्रयास सहायकमै घुमेछन् । शिक्षकलाई उकास्ने, सघाउने र थच्काउनेमा पुगेनछन् । त्यसको मूल कारण हो— शिक्षकलाई एउटै डालोमा हाल्ने बुद्धि । कतै गुणस्तरवेत्ताले शिक्षकलाई वर्गीकरण गरी तदनुरूपको सुधार कार्य थाल्छन् कि ?

डा.विद्यानाथ कोइरालाBidhya-Nath-Koirala

के भए होला ?

न्यूनतम् भौतिक सुविधा भए गुणस्तरीय शिक्षा हुन्छ त ? ‘पिसा’ (Program for International Student Assessment-PISA) को प्रतिवेदन र स्केन्डेनेभियन देशका विद्यालयको सुविधाबीच सकारात्मक सम्बन्ध देखिएन । त्योभन्दा कम सुविधा भएका देशहरूले ‘पिसा’ मा अग्रस्थान पाए । त्यसो भए हाम्रा विद्यालयमा न्यूनतम् सुविधा पुरयाउँदैमा गुणस्तरीय शिक्षा हुन्छ त ? विद्यार्थीको स्तरबाट मूल्यांकन गर्दा गुणस्तरीयता सुनिश्चित गर्न सकिन्छ । यो अर्को उपकल्पना (Hypothesis) हो । यो उपकल्पनाले सेमेष्टर प्रणाली भियायो । निर्णयात्मक (Summative) परीक्षा प्रणाली हटायो । तर स्कूल र क्याम्पसका परम्परामै अभ्यस्त (Conditioned) शिक्षकले निर्माणात्मक (Formative) परीक्षा प्रणालीलाई उदारमना व्यवस्थापनामा परिणत गरयौँ । त्यसो हो भने निर्माणात्मक परीक्षा प्रणालीले गुणस्तर सुनिश्चित गर्छ त ? नेपाली अनुभवले भन्यो— ‘गरेन’ । यसैको निरन्तरताका रूपमा अक्षरांकन (Letter grading) प्रणाली भियाइयो । स्कूली तहमा । एमफिलको तहमा । यसको मिश्रित अनुभूति भयो । गैरजिम्मेवार र उदार शिक्षक हुँदा हाम्रा प्रयोगात्मक कक्षा र आन्तरिक मूल्यांकनको अंक जस्तो भयो । अर्थात् सैद्धान्तिक र व्यावहारिक अंकनबीच सकारात्मक सम्बन्ध नभेटिने । मेहनती र पेशाकर्मी शिक्षकले प्रयोग गर्दा अन्तर्राष्ट्रिय समकक्षी अंकन सुनिश्चित गर्न सकिने । यसको अर्थ हो— मूल्यांकन र अंकन प्रणालीको फेरबदलले पनि अपेक्षित काम गरेन ।

शिक्षक तालीमले गुणस्तरीय शिक्षा दियो त ? सन् १९६५ देखि २००९ सम्मका नेपाली अनुसन्धानहरूको नतिजाले एउटै कुरा भन्यो— ‘गरेन’ । यसको अर्थ हो— तालीमले पनि गुणस्तरीयता दिएन । तदन्तर नेपाली प्रयास रह्यो— शिक्षकको नियन्त्रण र नियमन । क्याम्पस तहमा बायोम्याट्रिक प्रणाली लागू भयो । पढाउन आउँदा ल्याप्चे थिच्ने । पढाएर जाँदा पनि त्यसै गर्ने । स्कूली तहमा चाहिँ विद्यार्थीले शिक्षकको रेकर्ड राख्ने गरे । व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले त्यसै गरे । त्यही काम अभिभावकले पनि गरे । यसबाट पठनपाठन सुध्रियो त ? गुणस्तर बढ्यो त ? उत्तर हो— ‘अपेक्षित भएन ।’ त्यसको अर्थ हो, हाम्रो समाजमा नाता बलवान् छ । नेता बलवान् छ । पेशाधर्मिता कमजोर छ । यो स्थितिमा नियन्त्रण पनि गुणस्तर ल्याउने कडी हो भन्न गाह्रो भयो । अर्थात् कुनै सिद्धान्तमा आधारित सोचहरूलाई पनि चुनौती गर्नुपर्ने भयो ।

के विद्यार्थीमा पठन सीप नभएकाले हो त ? त्यसै भनेर उच्च शिक्षामा सेमेष्टर प्रणाली भित्रियो । स्कूली तहमा पठन सीप विकास गर्ने परियोजना आयो । तर पढ्ने सामग्री नै नभएकाले पढ्ने आदत बनेन । यी प्रयोगहरूको उपकल्पना त्यही हो । समस्या सामग्री हो कि आदत ? खोज हो कि अन्य कुनै हो ? नारदपरिवज्रकोपनिषद् (पृ. १७०) को दृष्टिमा वहिः प्रज्ञ बनाउने उपक्रमले हुन्छ कि ‘अन्तः प्रज्ञ’ बनाउने सोच चाहिन्छ कि ? पहिलोले स्थूल जगत् पढाउँछ । दोस्रोले सूक्ष्म जगत् । मैत्रयुपनिषद्को दृष्टिमा हामीले ऊध्र्वगमन हुने सामग्री नै दिएनौँ कि ? प्राण र आत्मा जोडिने सामग्री । परिणामतः ज्ञानार्जन भएन कि ? आत्मपूजनोपनिषद्को दृष्टिमा सादृश्यता (Analogical way) पो सिकाएनौँ कि ? नारदपरिव्रजकोपनिषद् अनुसार आफैले आफैलाई पढ्ने सीप पो दिएनौँ कि (पृ. १५२) ? उसैको शब्दमा मरेको व्यक्तिलाई सिँगार्ने प्रयास पो गरयौँ कि ? माथिका उपनिषदीय प्रश्नहरूले किताब बनाउने हाम्रा प्रयासलाई गिज्याए कि ? विभिन्न परियोजनाले बाँडेका पुस्तकको लिखत समेत नहुने हाम्रो विगतले आगतलाई जिस्क्याउँदै छ कि ? अर्थात् संस्कारमा पढ्न सिकाएनौँ कि ? एकअर्काको कुरा लेखे लेखाएर वहिः प्रज्ञ बनाउने तरीका जानेनौँ कि ? यसरी हेर्दा हाम्रा गुणस्तरीय शिक्षा बनाउने प्रयासहरू सौन्दर्य प्रसाधन (Cosmetic) मात्रै पो बने कि ?

हुनुपर्ने अर्कै थियो कि ?
उपनिषद्हरूको एकल चिन्तन छ । त्यो हो— जीव बुझ् ब्रह्म बुझ्न्छि । अनुसन्धानको शब्दावलीमा नमूना (Sample) बुझ् विश्व (Universe) बुझ्न्छि । जावल्यूपनिषद्ले सुझए जस्तो व्यक्तिलाई प्रश्नोत्तरमा राखे सिकाइ सहज हुन्छ । विकासे शब्दावलीमा बालमैत्री पढाइ । पाउले फ्रेरेको शब्दमा संवादी पढाइ । त्यसो भए पढाउने को हो त ? पढ्न लगाउने को हो त ? विद्यार्थीले वातावरणबाट सिक्छन् भने शैक्षिक सामग्रीको स्रष्टा को हो त ? विद्यार्थीले असल शिक्षकबाट सिक्छन् भने असल हुनुपर्ने को हो त ? एजुकेशन इन्टरनेशनल (ईआई) को सन्देश पत्याउने हो भने लगानी केमा गर्नुपर्ने हो त— शिक्षकमा, सामग्रीमा या वातावरणमा ? हामीले गरेको लगानी केमा केन्द्रित भयो ? केमा हुनुपर्ने रहेछ त ?

उपनिषदीय पुर्खाको भनाइ मान्ने हो भने स्कूल पढाउने कि स्कूलमा सदृश्यता खोज्न सिकाउने हो ? जीवमा जगत् पढ्न सिकाउने हो कि ? जीव र जगत्लाई भिन्नाभिन्नै पढाउने हो ? प्रश्नबाट कि विषयवस्तुबाट पढाउने हो ? ‘यसरी पढाउ’ भनेर शिक्षकलाई तालीम दिने हो कि कसरी पढाउँदा विद्यार्थीले सिक्न सक्छन् भन्ने हो ? लरेन्स इ. लेनले भनेझ् शिक्षकलाई प्रवर्तक (Innovator) बनाउने कि विकासे (Developer) बनाउने हो ? पहिलो खाले बनाउँदा आफैले आफ्नो सन्दर्भमा तर्किव खोज्ने शिक्षक बन्छ । दोस्रो खाले बनाउँदा कसैले सिकाएको लागू गर्ने शिक्षक हुन्छ । लरेन्सकै शब्दमा यथास्थितिवाला (Maintainer) बनाउने कि नामधारी (Figurehead) बनाउने ? अर्थात् तेस्रो खाले बनाउँदा ‘केलाई टाउको दुखाउनु र !’ भन्ने खाले शिक्षक बन्छ । चौथो खाले बनाउँदा ‘बूढो गोरुले ओगटेको गाई’ हुने शिक्षक हुन जान्छ । प्रश्न यहीँ आयो— हाम्रो तालीमले शिक्षकलाई के बनायो ? हाम्रो मूल्यांकन तरीकाको फेरबदलले उसलाई कहाँ राख्यो ? हाम्रा नियन्त्रणकारी बुद्धिले उनीहरूलाई के बन्न बाध्य गरयो ? यी र यस्ता प्रश्नका उत्तर हामीले हाम्रा परियोजनामा खोज्नुपथ्र्यो कि ? कार्यक्रममा पहिल्याउनुपथ्र्यो कि ?

निचोड
गुणस्तरीय शिक्षा दिन हामीले अनेकन् हथकण्डा अपनायौँ । सतही हथकण्डा । ती हथकण्डाहरूले हामीलाई एउटै सन्देश दिए— गुणस्तर सुधार्ने शिक्षक नै रहेछन् । अरू सहायक रहेछन् । नियन्त्रक रहेछन् । हाम्रा प्रयासहरू सहायकमै घुमेछन् । नियन्त्रणमै घुमेछन् । शिक्षकलाई उकास्ने, सघाउने र थच्काउनेमा पुगेनछन् । त्यसको मूल कारण हो— शिक्षकलाई एउटै डालोमा हाल्ने बुद्धि । कतै गुणस्तरवेत्ताहरूले शिक्षकलाई वर्गीकरण गरी तदनुरूपको सुधार कार्य थाल्छन् कि ?

मेरो अर्को निचोड हो— अधिकांश शिक्षकहरू राजनीतिक दलका कार्यकर्ता हुन् । उनैले भनेको मान्छन् । त्यसैले दलका कार्यक्रममा जान्छन् । दलीय आह्वानमा स्कूल बन्द गर्छन् । त्यहीँनेर मेरो निचोड हो— त्यसो भए सम्बन्धित दलका शिक्षा नीति र कार्यक्रम लागू गर्न÷गराउन किन पहल नगरिएको हो ? तेस्रो निचोड हो— सबैले बुझयौँ शिक्षकहरू दलीयकरण भए । लैख्यौँ पनि । त्यसो भए गुणस्तरीय शिक्षाका लागि किन दलहरूसँगै सहकार्य गर्ने बुद्धि ल्याएनौँ त ? चौथो निचोड हो— केही शिक्षकहरू शिक्षणप्रति झ्कावहीन पनि छौँ । तिनको प्रवृत्ति (Attitude) र अभिवृत्ति (Aptitude) जाँच्ने टेस्टब्याट्री किन बनाएनौँ त ? पाँचौँ निचोड हो— कैयौँ शिक्षकहरू अद्यावधिक छैनौँ । बाठा विद्यार्थी पढ्न आइसके । एकोहोरो शिक्षक पालिरहेछौँ । त्यहीँनेर मेरो प्रश्न हो— किन शिक्षकलाई दिनहुँ अद्यावधिक गर्ने यान्त्रिक उपाय सोचेनौँ त ? मोबाइलबाट अद्यावधिक गर्ने तरीका । कम्प्युटरबाट अद्यावधिक गर्ने तरीका । बोल्ने मेसिनबाट अद्यावधिक गर्ने तरीका । यसो गर्ने हो भने शिक्षक स्वयंले सामग्री बनाउँछन् । वातावरण बनाउँछन् । अनि त गुणस्तर नबढेर सुख ?

Related Posts

/*sign up form*/