गुणकारी गिद्ध

by • • 2072_6, नेपाल–अध्ययनComments (0)2176

Print Friendly, PDF & Email

गुनकारी गिद्ध: मांसहारी हो तर हिंसा गर्दैन !

डा.तीर्थबहादुर श्रेष्ठDr. Tirtha Bahadur Shrestha

गिद्धहरू मांसपिपासु प्राणी भएर पनि यिनका अधिकांश प्रजाति अहिंसाका पुजारी हुन् । अरू मांसहारी प्राणीले झ्ँ यिनीहरू अरू प्राणीको हत्या गर्दैनन् । मरेका खान्छन्, मारेर खाँदैनन्; सिनो पाएनन् भने बरु आफै मरेर जान्छन् ।

आदौ राम तपोवनादिगमनं हत्वा मृगं काञ्चनं ।
वैदेही हरणं जटायु मरणं सुग्रीव सम्भाषणम् ।
बाली निर्दलनं समुद्र तरणं लङ्कापुरी दाहनं ।
पश्चाद्रावण कुम्भकर्ण हननं चैतद्धि रामायणम् ।

प्रायः प्रत्येक बिहान रामायणका सातै काण्ड पाठ गर्ने मेरी आमा अहिले साँघुरिँदै साँघुरिँदै एक श्लोकी रामायणमा सीमित हुन पुग्नुभएको छ । त्यसमा पनि बीच बीचमा सम्झइदिनुपर्छ । यही आउँदो असोज ११ गते १०३ वर्षमा प्रवेश गर्न लागेकी आमाको मुखबाट यति पाउनु पनि मेरो अहोभाग्य हो । त्यसैले प्रत्येक बिहान जटायुको प्रसंग मेरो मनमा ठोक्किन आइपुग्छ । जटायु भनेपछि लंकाका राजा रावणले सीतालाई हरेर लाँदा बीचआकाशमा रावणसँग एक्लै युद्ध गर्दै वीरगति पाउने रामायणको योद्धा गिद्धलाई सम्झ्न्छौँ ।

यही भदौ १० गते (अगष्ट २७, २०१५) को इन्टरनेशनल न्युयोर्क टाइम्स को मुखपृष्ठमा प्रकाशित अफ्रिकी गिद्धहरूको ह्रासोन्मुख अवस्था र तिनले सिर्जेको वातावरणीय समस्याबारेको समाचार–कथामा मेरो ध्यान आकर्षित गराउनुभयो सम्पादक राजेन्द्र दाहालले । प्रत्येक सेप्टेम्बरको पहिलो शनिवारलाई गिद्ध दिवसका रूपमा मनाएर अन्तर्राष्ट्रिय स्तरमा गिद्ध संरक्षणको चेतना जगाउने प्रयत्न पनि शुरू भएको छ । न्यूयोर्क टाइम्स ले पनि त्यही सन्दर्भलाई समातेको हुन सक्छ ।

गिद्ध डाँफे, मुनाल वा मयुर जस्तो रूप र रङले सुन्दर र सुशोभित पक्षी होइन । खुइलिएको तालु, देख्तै डरलाग्दो चुच्चोको ठोँड, नाङ्गो लामो गर्धन, देख्तै घिन लाग्ने र भद्दा जिउडाल— गिद्धको सामान्य स्वरूप हो यो । त्यसमा पनि सधैँ सिनो खाने फोहोरी पक्षीले अन्तर्राष्ट्रिय अखबारमा स्थान पाउनुको रहस्य बेग्लै छ । आजको मूल चिन्ता ‘गिद्ध मरे’ भन्दा पनि ‘सिनो सड्ने भो’ भन्ने हो ।

अफ्रिकाका ठूलठूला घाँसे मैदानमा प्रत्येक वर्ष लाखौँ वन्यजन्तु; विशेष गरेर वाइल्डएबिस्ट (Wildebeest) मौसम अनुसार घाँस, पानी र वासस्थानको खोजीमा हिँड्दाहिँड्दै बाटैमा मर्छन् र सिनोमा परिणत हुन्छन् । त्यस्तै, दक्षिण एसियामा विशेष गरेर भारत, नेपाल र पाकिस्तानमा पनि वर्षेनी लाखौँ पाल्तु गाईवस्तु मर्छन् र सिनो पल्टन्छन् । यसरी पैदा हुने सिनो व्यवस्थापन गर्ने मूल जिम्मेवारी प्रकृतिले गिद्धहरूको काँधमा सुम्पिएको छ । त्यसो त कुकुर, स्याल र हुँडारहरू पनि सिनोको स्वादमा पल्केका हुन्छन् । तर ती जन्तुले गिद्धले जस्तो तीव्र गतिमा सबै सिनो सफाचट गर्न सक्तैनन् । गिद्धको पाचन प्रणाली अरू पशुपक्षीको भन्दा भिन्नै हुन्छ । यसको पेटमा परेपछि विभिन्न रोगका सूक्ष्म कीटाणु समेत भष्म हुन्छन् । रेविज, प्लेग, हैजा आदिका सूक्ष्म कीटाणुलाई पनि गिद्धले पचाइदिन्छ । तर हुँडार, स्याल, कुकुर आदि जन्तुले त्यसो गर्न सक्तैनन् । बरु, यिनले सिनोमा मौलाएका रोगका कीटाणुलाई अन्यत्र फैलाउने काम गर्छन् । त्यसबाट महामारी पैलन सक्छ । त्यसैले हाम्रो पारिस्थितिक प्रणाली जोगाउने अत्यन्त प्रभावशाली रक्षाकवच हो गिद्ध ।

serengeti photos 027गिद्धको महव त्यस बेला चाल पाइयो, जब संसारभर लाखौँ गिद्ध मर्न थाले । सन् १९८० ताका ८ करोडभन्दा बढी संख्यामा रहेको डंगर गिद्धको संख्या २५–२६ वर्षभित्रै ९७ प्रतिशतले घट्न पुग्यो । सन् १९९० तिर भारतका वैज्ञानिकहरूले गिद्धको संख्या असामान्य रूप र अति तीव्र गतिमा घट्न थालेको चाल पाएपछि नेपाल र पाकिस्तानका चरा विशेषज्ञहरूलाई पनि त्यसबारे जानकारी गराए । त्यसपछि मात्र गिद्ध लोप हुनाको कारणमा गहन खोजिनिती शुरू भयो । विश्व समुदायको ध्यान पनि यसतर्फ आकृष्ट भयो । किनभने गाईवस्तु र वन्यजन्तुको सिनो सडेर, गलेर वातावरणमा प्रतिकूल असर परिरहेको थियो । रोगब्याध, विशेष गरेर हैजा, रेविज र प्लेगको प्रकोपमा हजारौँ–लाखौँ मानिसले दुःख पाउने स्थिति सिर्जना हुन थाल्यो । तर धेरै पछिसम्म पनि गिद्ध मर्नाको कारण भने पत्ता लागेन । कुनै रोगाणु ब्याक्टेरिया, भाइरसले ती गिद्ध मरेका थिएनन् ।

नेपाल र भारतका गिद्धबारे विस्तृत अनुसन्धानपछि के थाहा लाग्यो भने पाल्तु गाईवस्तुलाई ज्वरो आएको बेला पशुरोग विशेषज्ञहरूले खुवाउने ‘डाइक्लोफेनेक’ नामक कृत्रिम रासायनिक औषधिको अवशेष मरेका जन्तुको सिनोमा कायम रहने र त्यस औषधिले मृगौलामा क्षति पुग्दा गिद्धहरू मर्ने गरेका रहेछन् । कृत्रिम रासायनिक औषधिको यस्तो दूरगामी अप्रत्यासित असरको ज्वलन्त उदाहरण बन्न पुग्यो गिद्ध विनाश । मानिसहरूमा पनि सो औषधि प्रयोग हुने गरेको छ । उच्च लेकाली भोट प्रदेशका बासिन्दा र त्यस्तै पारसी धर्मावलम्बीहरू पनि मृत मानिसका लास गिद्धलाई अर्पण गर्छन्, खुवाउँछन् । ‘गिद्ध बचाउ’ आन्दोलनको ध्यान त्यतातिर अझ् गएको छैन । पशुचिकित्सामा भने निकै महवपूर्ण उपलब्धि हासिल भएको छ । नेपाल र भारतले सन् २००६ देखि नै ‘डाइक्लोफेनेक’ माथि प्रतिबन्ध लगाएका छन् । त्यो औषधिको सट्टा अर्को औषधि ‘मेलोक्सिक्याम’ देशभित्रै उत्पादन गरी ‘डाइक्लोफेनेक’ लाई विस्थापित गर्न सफलता मिलेको छ । आज भारत र नेपालको पशुचिकित्सामा गिद्धमारा ‘डाइक्लोफेनेक’ को प्रयोग हुँदैन ।

Ravan and Jatayu 065bउपरोक्त सफलताले ह्रासोन्मुख अवस्थामा पुगेको गिद्धको संख्या उकास्नका लागि ‘नेपाल पक्षी संरक्षण संघ’ ले विभिन्न सरकारी, गैरसरकारी संघसंस्था एवं स्थानीय समुदायसँग हातेमालो गरेर गिद्ध संरक्षणमा नवीन प्रयासहरू थालेको छ । तीमध्ये ‘गिद्ध रेस्टुराँ को सञ्जाल स्थापना गर्ने प्रयास विशेष उल्लेखनीय छ । जोत्न वा दूध दिन छाडिसकेका घरपालुवा पशुहरूलाई पशुवृद्धाश्रममा एकत्रित, सुरक्षित र सम्मानजनक अवस्थामा पाल्ने र ती पशुचौपाया मरेपछि गिद्धको आहारा बनाउने कार्यक्रम बिस्तारै देशव्यापी बन्दै छ । स्थानीय समुदायलाई परिचालन गरी नवलपरासीको पिठौली, लुम्बिनीको गैडहवा, कास्कीको घाचोक, दाङको लालमटिया र बिजौरी तथा कैलालीको खुटियामा ‘जटायु रेस्टुराँ स्थापना भएका छन् । यसै गरी गिद्ध प्रजनन केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसरामा स्थापना भएको छ ।

गिद्धले विशेष गरेर अग्ला रूखमा गुँड बनाउँछ । त्यसमा पनि नेपालमा सिमलको रूखलाई विशेष रुचाउँछ । एक हिसाबले गिद्ध जोगाउनका लागि सिमल जोगाउनु पनि उत्तिकै जरूरी देखिएको छ । तसर्थ वनजंगलको संरक्षण भएन भने गिद्ध संरक्षणका अरू प्रयास सफल हुन सक्तैनन् । प्रकृति संरक्षणमा पारिस्थितिकीय प्रणाली अनुरूप समष्टिगत प्रयास भएन भने आशातित सफलता प्राप्त हुँदैन ।

प्रकृतिका पाँच तव— जल, स्थल, वायु, आकाश र प्रकाश तथा पृथ्वीमा विद्यमान ९३ वटा रासायनिक तत्व एवं तिनबाट बनेका हजारौँ रासायनिक यौगिकहरूको आपसी योग र संयोगबाट जीवात्मा प्राणीको सृष्टि हुन्छ । सृष्टि, जीवन (पालन) र संहारको चक्र–परिचक्रमा पारिस्थितिकीय प्रणालीहरू क्रियाशील रहन्छन् । प्रकृतिको त्यस प्रणालीभित्र कृत्रिम रासायनिक पदार्थहरू (Synthetic chemical substances) को प्रवेशले निम्त्याउने समस्याको एउटा सानो उदाहरण हो गिद्ध विनाश । गिद्ध विनाशले गर्दा सिर्जना हुने भयावह अवस्था अफ्रिकाका लाखौँ वाइल्डबिस्ट र दक्षिण एसियामा दशौँ लाख पाल्तु गाईवस्तुको सड्दै गरेको सिनोको दुर्गन्धमा साकार हुन्छ । त्यसैले, गिद्धलाई ‘प्रकृतिका कुचिकार’ भन्ने संज्ञा पनि दिइने गरेको छ । वास्तवमा यी कुचिकारका अतिरिक्त बहुगुणकारी प्राणी पनि हुन् । नेपाल पक्षी संरक्षण संघका खडानन्द पौडेल, बर्दिया प्रकृति संरक्षण क्लबका राजन चौधरी, चरा विशेषज्ञ डा. हेमसागर बराल तथा हरिशरण नेपाली लगायतका लेख–रचनाहरूबाट गिद्धको अस्तित्व किन कायम राख्नुपर्छ भन्ने स्पष्ट हुन्छ ।

आज विश्वमा प्रत्येक दिन औसतन १० प्रजातिका जीवहरू लोप हुन थालेका छन् भन्ने जानकारी विशेषज्ञहरू हाम्रा सामुन्ने पस्कने गर्छन् । विश्वमा २३ प्रजातिका गिद्ध छन् । दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धहरू नेपाली आकाशमा उड्छन्, हाम्रा वन र बगरमा विचरण गर्छन् । तीमध्ये चार प्रजाति विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) को अति संकटापन्न पक्षीको सूचीमा परेका छन् । तीमध्ये डंगर गिद्ध (White-rumped vulture), सानो खैरो गिद्ध (Slender-billed vulture) र लामो ठुँडे गिद्ध (Log-billed vulture) प्रति हामी ज्यादै सचेत र चनाखो हुनुपर्ने अवस्था छ । नेपाली आकाशमा विशेष गरेर हिमाली क्षेत्रमा चहार्ने हाडफोर गिद्ध (Lammergeier/Bearded vulture) ले आफ्ना पखेटा फिँजाउँदा ९ फुट आकाश ढाक्छ । यो लम्बाई विश्व कीर्तिमान पनि हो । यसकै हाराहारीमा पुग्ने अर्को गिद्ध एन्डिज पर्वतको शानको रूपमा चित्रण गरिन्छ । त्यसलाई एन्डियन कन्डोर (Andean condor) भनिन्छ । तिनको सहोदर अर्को नातेदार हो क्यालिफोर्निया कन्डोर । यिनका समकक्षी हाम्रा हाडफोर गिद्धको विशेषता बेग्लै छ । हाडफोर गिद्धले सिनोका ठूला हाडलाई माथि आकाशमा उडाएर चट्टानी क्षेत्रमा बज्रने गरी खसाल्छ । त्यसरी खसाल्दा छताछुल्ल हुने गरी फुटेको हाड र हाडभित्रको मासी (Bonemarrow) यसको प्रिय आहारा हो । हाडफोर गिद्ध अरू गिद्धझ्ँ तालुखुइले हुँदैन ।

गिद्धहरू मांसपिपासु प्राणी भएर पनि यिनका अधिकांश प्रजाति अहिंसाका पुजारी हुन् । अरू मांसहारी प्राणीले झ्ँ यिनीहरू अरू प्राणीको हत्या गर्दैनन् । मरेका खान्छन्, मारेर खाँदैनन्; सिनो पाएनन् भने बरु आफै मरेर जान्छन् ।www.myrepublica.com

गिद्धलाई रामायणको कथासँग जोड्दा यो जातिको वीरता र न्यायप्रेमी स्वभाव आफै प्रस्ट हुन्छ । रामायणमा गिद्धको प्रतिद्वन्द्वी अर्थात् शत्रुका रूपमा लङ्का नरेश रावण चित्रित हुन्छ । संयोग हो वा यथार्थ; नेपाल र भारतका गिद्धहरू श्रीलंकाका आकाशमा उड्दैनन् । सालिम अली एवं डिलं रिप्ले जस्ता विश्व प्रख्यात चरा विशेषज्ञहरूले लेखेका छन्— हाम्रा डंगर गिद्ध, हिमाली गिद्ध र सुन गिद्ध श्रीलङ्कामा पाइँदैनन् ।

गिद्धका विशेषताहरूलाई पहिल्यायौँ भने ‘गिद्ध–दृष्टि’ लाई अरूले उछिन्न सक्तैन । ६ हजार मीटरको उचाइमा उडिरहेको गिद्धले जमीनमा मरेको ३ फुटको सिनोलाई सहजै ठम्याउन सक्छ । अर्थात् माछापुछे हिमालको शिखरमा कावा खाइरहेको गिद्धले सेतीको बगरमा मिल्किएको सिनो ठम्याउँछ । उता अफ्रिकामा हस्तीहाडका तस्कर शिकारीले हात्ती मारेको आधा घण्टाभित्र गिद्धहरू त्यहाँको आकाशमा झ्म्मिन थाल्छन् । त्यो सन्दर्भमा तस्करका शत्रु पनि बन्न पुग्छन् गिद्धहरू । त्यसैले पनि गिद्ध सफाया गर्न सिनोमा विष राख्न थालेका रहेछन् अफ्रिकी तस्करहरूले । गिद्ध र सिनोको सम्बन्ध कति सुमधुर हुन्छ भन्ने बुझन सकिएन भने त्यसको प्रतिकूल असर भोग्न बाध्य हुनेछौँ हामी । त्यसैले यो गुनकारी पक्षीको सुरक्षा र संरक्षणमा हामी सबैको चेत खुल्नु जरूरी छ । गुनकारी गिद्ध संरक्षणमा लाग्ने सबैलाई सलाम !

Related Posts

/*sign up form*/