कोशीको कथा-४ – मातृकाप्रसाद कोइराला

by • • 2071_12, साभारComments (0)917

Print Friendly, PDF & Email

प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरबाट वि.सं. २०४६ मा प्रकाशित पर्ूव प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको निबन्धसङ्ग्रहकोशीको कथाका एक दर्जन निबन्धमध्येको एउटा निबन्धकोशीको कथायहाँ पुनपर््रकाशन गर्न लागिएको कोशी नदीको पौराणिक भौगोलिक इतिवृत्तान्तदेखि कोशी सम्झाौताका विविध पक्षमा रूचि हुनेका निम्ति यो निबन्ध उपयोगी हुने ठानेका छौं सम्पादक

यसै सर्न्दर्भमा कप्तान एफ.सी. हर्स्ट (Captain F.C. Hirst) को एक लेख ‘कोशी नदी र त्यसबाट सिक्नुपर्ने पाठ’ (The Koshi River and some lessons to be learnt from it) मा एसियाटिक सोसाइटी अफ बेंगालको सेप्टेम्बर १९०र्८र् इ. को जर्नलमा प्रकाशित भएको थियो । त्यसका केही उद्धरण पनि चाखलाग्दा छन् । उनी लेख्छन्, “कोशी -पुरानो र नयाँ) ले गंगा र ब्रहृमपुत्र मिसिने दोभानभित्र पर्ने समतटीय क्षेत्र, जो विवादास्पद छ, भित्र चालेको छ । अयनांश वा देशान्तर ८७० मोटामोटी पूव छ । सो अयनांशदेखि पश्चिम र अक्षांश २६० उत्तरको जमीन निकै अग्लो छ । तर सो अक्षांश दक्षिण ३० मिल फराकिलो क्षेत्र छ जो होचो छ । यसै चाप परेको क्षेत्रमा अहिले कोशीका साना धाराहरू सो चापलाई सम्याउने प्रयासमा व्यस्त छन् । कोशीको उस बेलाको कार्यक्षेत्र अर्थात् टिस्टा, अगाई र अरू नदीहरू, ब्रहृमपुत्रमा टिस्टा सबभन्दा पछि र्फकनु अगावै स्पष्टतः निकै मजबुतीसाथ अयनांश ८८० भन्दा पूव भरिइसकेको छ । यसलाई एक चतुष्कोण मान्न सकिन्छ, जसका अयनांश ८७० र ८८० तथा अक्षांश २५०२०’ र २६०२०’ भुज रूपमा छन् ।

कमला र कोशीका बीचको क्षेत्रमा सबैभन्दा अग्लो डाँडो बलानज्ञ नदी बगेको डोब हो । कमला र कोशीका बीचका क्षेत्रमा उत्तरबाट दक्षिण माथिल्ला अर्धभागमा प्रतिमील २ फीटको दरले जमीन होचिँदै जान्छ जबकि पश्चिमबाट पर्ूव कमलादेखि बलानसम्म जग्गा उचालिँदै जान्छ एवं यस प्रकार बलान नै कोशी र कमलाका बीच पर्ने क्षेत्रको सबैभन्दा अग्लो डाँडोका रूपमा देखा पर्दछ र यही डाँडो पूव र पश्चिमतिरको पानी ढलो छुट्याउने मध्यवर्ती विन्दु हुन आउँछ ।द्द

१८९र्४र् इ. मा एक पटक कोशी पूव हान्निन खोजेको हो र तल भारतमा निकै खलबल पनि उठ्यो । वि.सं. १९५१ देखि ५४ सालसम्म यसको रेलो पूवतिर ठेलिएको हो र पछि २०११ सालको बाढीमा पनि कोशीको पानी निकै पूवसम्म आएको हो । १९५१-५४ सालकै बाढीको फलस्वरूप कोशीबाट प्रताडित भएर बेलहाका जिमीदार चौधरीहरू बसाइँ सरी आएका हुन् । सो बखत कोशी जलपापुर, बबिया, देवानगंजतिर उर्लन्थ्यो । कोशीका घाटको सविया, कुशहा आदि नाम मोरङकै ग्रामहरूका आधारमा उसै बेला रहेका हुन् ।

कोशीको यसै भेलबाट फारवीसगंजलाई जोगाउन सो उत्तर बथनाहा दक्षिण एक बाँध पूव-पश्चिमर् इ. १८९६ मा बाँधिएको थियो, जसको चिनो अद्यावधि हामी फारवीसगंज जाँदा भदेशर दक्षिण र मटियारी ग्रामभन्दा केही उत्तर भेट्दछौं र जसको स्थानीय नाम डुमडा बाँध भनिन्छ ।

दक्षिण पूणिर्या जिल्लामा कोशी बगेका डोबहरूको लेखो र लगत कमसेकम अंग्रेजको पदार्पणपछि राखिएको छ तर हाम्रा मुलुकभित्र सो राखिएको छैन । तापनि पूवबाट क्रमशः पश्चिम जाँदा कोशी बगेका विभिन्न डोबहरू र चिना भेटिन्छन् र लोकश्रुतिका आधारमा सो पहिल्याउन सकिन्छ । चिमडीदेखि छिटहा, सिमरिया, चाँदवेला, पकली, पांचायनदेखि पश्चिमको क्षेत्र कोशी टप्पुका नामबाट प्रख्यात छ; एवं वास्तवमा यो कोशीले विभिन्न समयमा विभिन्न भंगालाले चालेको क्षेत्र नै हो । यस क्रममा पहिले कठले अनि जलालपुरको डोब, भुटाहा रामनगर, हरिनगरको डोब, सुनसरी वा सुरसर, खुनियाँधार आदि कोशीका मूल स्रोत रूपमा बगेका हुन् । वि.सं. १९८७-८८ सम्म कोशी आजको वीरपुरभन्दा पूव नै बग्दथ्यो र स्वयं यो लेखक नै कोशी तरी पारि वीरपुर गएको हो । तत्कालीन मोरङ र सप्तरीको सीमा कोशीको मूल स्रोत नै हो, तर आज सो डोब पुरिएर कमिलाको जन्ती जाने बाटो भइसकेको छ र सप्तरीको एक ठूलो भाग आज कोशीपूव परेको छ । तल बेलहादेखि माथि पांचायान धरानसम्म प्राचीन अवशेषहरू भेटिन्छन् एवं पुराना बस्तीहरू कोशीकै नजिक पूवमा अवस्थित थिए भन्ने कुरा पनि र्छलङ्ग छ । कुन कालमा भन्ने लेखो भने छैन ।

अब कोशीको विनाशलीला नियन्त्रणका प्रयासका इतिहासपट्ट िलागौं । यस सर्न्दर्भमा हामी सबैभन्दा पुरानो दर्ुइ तटबन्धका चिना पाउँदछौं ः एक दैता बाँध जो चिमडी पश्चिम छ, अर्को मजुरनी खाता वा वीरबाँध जो कुनै कालमा कोशी मूल धाराको धेरै पश्चिममा थियो । यी दुवै तटबन्ध कुन कालमा कसले बनायो, त्यसको कुनै पनि ऐतिहासिक उल्लेख अझसम्म भेटिएको छैन । न त अंग्रेजहरूका पालाको इतिहासमा न सोभन्दा अगाडिका मुस्लिम कालमा । पौराणिक उपाख्यानमा पनि मेरो अध्ययन भएसम्म भेटिएको छैन । पूर्वीय तटबन्ध अर्थात् दैता बाँधको चिना केवल मोरङ -अचेल सुनसरी) जिल्लाको एक टुक्रामा मात्र कायम छ । अतः निश्चय नै यसको प्राचीनता पश्चिमभन्दा पनि पुरानो भन्ने अनुमान प्रमाणले र यसको नाम दैता बाँधले पनि जनाउँछ । यो कोशीको पूवाभिमुखी भेलको रेलो भएकै बेलामा बनेको हुनुपर्छ । यदि वि.सं. १९५४ सालको पूवाभिमुखी रेलो जोगाउन बनिएको भए त्यसको स्मृति टड्कारो नै हुनुपर्ने हो र केही देख्ने सुन्ने मानिस पनि बाँचेकै हुनुपर्ने हो, सो नभएकाले स्वाभाविकतः धेरै शताब्दीअगाडिको पूवाभिमुखी रेलो रोक्न तयार गरिएको भन्ने अनुमान प्रमाणबाट देखिन्छ ।

पश्चिमीय तटबन्ध मजुरनी खाता वा वीरबाँधका सम्बन्धमा विचार गरौं । बाँधलाई तलतिर -भारतीय क्षेत्रमा) वीरबाँध भनिन्छ तर हाम्रा सरहदभित्र भने मजुरनी खाता भनिन्छ । अझ साधारण बोलचालको भाषामा ‘खाता’ मात्रै भनिन्छ । अंग देशीय र वञ्जी संघीय प्रतापशाली राजाहरू वा महापुरुषहरूको उपाधि वीर भनी रहने गरेको प्रमाण ठाउँठाउँमा भेटिन्छ । सोही परम्परामा जैन तर्ीथकर वर्द्धमानको संज्ञा नै महावीर हुन गयो । मुस्लिम कालमार् इश्वी १७२२ मा तलतिर पूणिर्यामा नवाब सइफ खान फौजदार -प्रान्तीय प्रशासक) भएर आए । यिनकै पालमा उत्तरतिर जलालगढनिर सेन मकवानी मोरङ राजासित र पश्चिमतिर वीर नगरका राजा नीर शाहसित युद्ध भएको उल्लेख भेटिन्छ । वीर शाहको १५०० सेना थियो र कोशी पश्चिम मुगलहरूको आधिपत्य नभई यिनै वीर शाहको थियो भन्ने पनि वर्ण्र्ााछ । यिनको राज्यको विस्तार के कति थियो – यी कुन कहाँका वंशज थिए सो अध्ययनको विषय छ ।

कोशीको पुरानो धारा -अर्थात् पूणिर्या शहर पश्चिम) को पश्चिम यिनकै राज्य थियो र्रर् इ. १७३२ मा नवाब सइफ खानद्वारा परास्त गरिएर यिनको राज्य मुगल साम्राज्यान्तर मुक्त भएकोसम्म उल्लेख पाइन्छ । यसै सर्न्दर्भमा वीरपुर -जहाँ अहिले कोशी बराजको मूल थलो छ) को नाम पनि स्मरणीय छ । यसै वीरपुरका केही पश्चिमपट्ट नै मजुरनी खाता वा वीरबाँध भेटिन्थ्यो । हुन सक्छ यिनै वीर शाहले पुरानो तटबन्धलाई तल्लो भेकमा मर्मत गराएकाले यसको पुरानो नाम मजुरनी खाताको सट्टा वीरबाँध भन्ने रहेको होस् अथवा यिनीभन्दा पनि धेरै पहिलेका वीरका स्मृतिमा यो नाम रहेको होस् । यसको कुनै ऐतिहासिक उल्लेख वा प्रमाण अझसम्म फेला परेको छैन । पालवंशीय राजा रामपालका मित्र राजाहरूमध्ये कोटाटवीका राजा वीर गुणको नाम उल्लेखघ छ । कोटाटवी कहाँ थियो – भन्न सकिन्नँ । बंगालको सेनवंशीय विजय सेनका पालाको शिलालेखमा पनि निजले आफूले विजय प्राप्त गरेका राजाहरूमध्ये एकको ‘वीर’ नाम उल्लेख छ । तर कुन देशका राजा भन्ने चाहिं छैन ।द्ध

अब मजुरनी खातापट्ट िलागौं- वीरलाई छाडेर । बंगला भाषामा नदीको डोव ९द्यभम० लाई खात भन्ने चलन छ । संस्कृत खात्रम र प्राकृत खत्तमबाटै यो शब्दको व्युत्पत्ति हुनर्ुपर्दछ । संस्कृतमा अर्को शब्द छ क्षत्रम जो प्राकृतमा खत्तम हुन्छ त्यसैको व्युत्पत्तिबाट आसामिया र बंग्लामा खाताको अर्थ टाढाबाट प्रशासित भूसम्पत्ति वा राज्यका पर्यायमा हुन्छ ।छ संस्कृत क्षत्रमको सोझो अर्थ प्रशासन हुन्छ, जसबाटै सम्भवतः क्षत्रपः भन्ने शब्द क्षेत्रीय प्रशासकका निमित्त प्रयोग भएको हो । मेरा विचारमा खाताको व्युत्पत्ति पहिलो खात्रमबाटै हो, जसबाट खनिएको भन्ने अर्थ जनाउँछ । यदि खाताको पहिलो अर्थ हो भने- मजुरनी खाता भने पछि मजुरनीको अर्थ पनि हामीले पहिल्याउनु पर्‍यो । मेरा विचारमा ‘मौर्येण खलितम खात्रम’ कै अपभ्रंशमा हजारभन्दा बढी वर्षा प्रयोगबाट मजुरनी खाता हुन आयो । खलितमको लोप भयो । यस दृष्टिबाट मौर्यकाल नै यसको निर्माण काल हुनुपर्दछ । मजुरनी खाताको विशेषता यो थियो कि माटोका डाँडोका समानान्तर एक धारा पानीको पनि थियो जसमा चिसो पानीको भुल्का उठ्ने गथ्र्यो र सो खाता नजिक बस्नेले देखे भोगेका हुन् । मजुरनीसित मजुर चराको पनि भान आउँछ । मौर्यहरूलाई पनि मजुरसित जोर्ने प्रयास केही इतिहासकारले गरेका छन् । मौर्यहरूको अवस्थिति धेरै मजुर भएका ठाउँमा थियो वा तिनीहरूका पर्ुखा मयुर पोषक थिए भन्ने पनि उल्लेख भेटिन्छ । तर मौर्यहरूको माउथलोको अझै पनि इदमित्थ हुन सकेको छैन । त्यो अर्कै प्रसंग हुनाले सो सम्बन्धमा मेरो धारणा र ठहर फेरि अक खमा प्रकाश गरौंला । हाम्रा नेपाली भाषामा मजुरा शब्द कतै ज्यामी खेतालाका निमित्त पनि प्रयोगमा आउँदछ । तर सो शब्द उर्दू मजदुरबाट निस्केकोले संस्कृत खात्रमसित जेल्लिन सक्तैन ।

कोशीलाई नियन्त्रण गर्नेपट्ट अंग्रेजहरूका पालामार् इ. १८९४-९६ तिर अर्थात् १९औं शताब्दीको अन्त्यतिर चर्चा उठेर केही जाँचबुझ भयो । तर सो कुरा त्यसै सेलायो । सो चर्चा उठ्नाको कारण पनि कोशीले पूवतिर हान्न लाग्यो र कोशी पूवतिरै फर्किने हो कि भन्ने आशंकाका आधारमा सो उठी साधारण जाँचबुझ चल्यो । पूणिर्या जिल्लामा सो बखत निकै प्रभावशाली नील खेती गर्ने/गराउने अंग्रेजहरू थिए । यिनीहरूकै प्रभाव र प्रयत्नबाट सो जाँचबुझहरू भए । अन्ततोगत्वा पूवाभिमुखी संकट तत्काल नदेखिनाले कोशीलाई अहिले नियन्त्रण गर्ने सम्भावना र बेला आएको छैन भनी कुरा त्यहीं टुङ्गयिो । क्रमशः

स्रोत/सर्न्दर्भ

ज्ञ स्मरणीय छ, बलानलाई स्थानीय रूपमा भुतही बलान भन्दछन्; कारण भुत जस्तो बौलाहा बाढी यसमा आउँछ । गाउँलेको भनाइ छ, बलानको बाढीको पानी घोडाभन्दा पनि छिटो दुगुछ- लेखक ।

द्दर् कर्नल हेग रयल इञ्जिनियरकोर् इ. १८७६ को प्रतिवेदन पूणिर्या गजेटियर ।

घ सन्ध्याकर नन्दी रचित रामचरित काव्य- रमेश मजुमदार -बांग्लार इतिहास)

द्ध रमेश मजुमदार- बांग्लार इतिहास

छ आर.एल. र्टनर- नेपाली आंग्ल शब्दकोश ।

Related Posts

/*sign up form*/