कला कक्षाः जहाँ बालबालिका रमाउँछन् र सिक्छन् पनि

by • • सिकाइ उपलब्धिComments (0)344

Print Friendly, PDF & Email

– पुण्यशील गौतम
बालबालिकालाई कला शिक्षाको कक्षा सबैभन्दा रोचक र स्मरणीय हुन्छ । कला पढाउन सिद्धहस्त कलाकार नै शिक्षक हुनुपर्छ भन्ने पनि छैन । कला क्षेत्रमा रुचि भएका र आधारभूत तालीमप्राप्त शिक्षकले यो विषय सजिलै पढाउन सक्छन् ।

बालकला– प्राथमिक विद्यालयमा सिकाउनै पर्ने भनी सिद्ध भइसकेको विषय हो । तथापि नेपालका आम विद्यालयमा अनिवार्य विषयको रूपमा यो विधाले जरो गाड्न अझै केही समय लाग्ने देखिन्छ । बालकला भनेको सिर्जनात्मक अभिव्यक्ति कला (सिअक) हो । यसभित्र दृश्यकला र ‘पर्फर्मिङ आर्ट’ भनेर चिनिने अभिव्यक्ति कला पर्दछन् । दृश्यकलाअन्तर्गत पनि चित्रकला र मूर्तिकला पर्दछन् । बालबालिकाहरू चित्र कोर्न, माटाको आकृति बनाउन या खेर गएका वस्तुहरूबाट निर्माणकार्य गर्न स्वभावैले तयार रहन्छन् । तर पाठ्यक्रम अनुसारको सिकाइ प्रक्रिया व्यवहारमा ल्याउन विद्यालय र शिक्षकहरूको आत्मविश्वास, जाँगर र अग्रसरता भने अनिवार्य हुन्छ । नेपालको सन्दर्भमा यही पक्ष नै प्रमुख चुनौतीका रूपमा देखा पर्छ ।

पाटन शहरका केटाकेटीहरूले पुरानो कतारोमा प्वाल पारेर त्यसमा झरपात र फूलहरू कोची मत्स्येन्द्रनाथको
रथ बनाएर खेलेको मैले कैयौंपटक देखेको छु । खते बारीका गरा; खोलाको छेउ या बालुवा थुपारेको ठाउँमा लठ्ठीका टुक्रा गाडेर माथिपट्टि अरू लठ्ठी र पातहरू राखेर घर–गोठ बनाएर खेलेको या भुइँमा इँटको टुक्राले कोरेर बालबालिकाहरूले चित्र बनाएको हामीलाई कुनै नौलो कुरा होइन । यस्तो कला निमार्ण गर्ने बाल स्वभावलाई विद्यालयको कक्षाकोठा भित्रै स्थान र मान्यता प्रदान गर्नु बालकला–शिक्षणको पहिलो खुट्किलो हो । यस्तो सिकाइमा बालबालिकाका सामाजिक, मानसिक र संवेगात्मक पक्षहरू एकैसाथ समेटिएका हुन्छन् । कुनै पनि कला सिर्जना गर्दा बालबालिकाले आफू र आफू वरिपरिको संसारको वास्तविक रूप बुझन खोजिरहेका हुन्छन् । कला सिर्जना गर्ने क्रममा उनीहरू अरूहरूसगँ आफ्नो सिजर्नालाई मान्यता दिन सकारात्मक अन्तरक्रिया गर्दछन् र आफूलाई महत्वपूर्ण लागेको भावना आफ्नो शैलीमा अभिव्यक्त गरेर आत्मविश्वास बढाइराखेका हुन्छन् ।

कला विषय विद्यालय शिक्षणको अभिन्न अङ्ग बनाउँदा हामीले प्राकृतिक रूपमा हुने सीप विकासको क्रमबद्ध प्रक्रियाका साथसाथै वरिपरि पाइने सामग्रीहरूबाट उपयोगी वस्तु निमार्ण गर्ने, चित्र बनाएर भाव व्यक्त गर्ने, नृत्य, सङ्गीत र अभिनय प्रस्तुत गर्ने जस्ता सिजर्न शील पक्षहरूलाई ‘शिक्षा’ भित्र पारिरहको हुन्छौं । यो कार्य त्यति गाह्रो पनि छैन । प्राथमिक विद्यालयस्तरको राष्ट्रिय पाठ्यक्रममा विभिन्न कला सामग्रीहरूको प्रयोग गर्न र शिक्षकको सिर्जनशीलता अनुसारको पाठयोजना बनाउन पर्याप्त लचकता प्रदान गरिएको छ । यससम्बन्धी परिमार्जित पाठ्यक्रमले आधारभूत कला सामग्री र हातले बनाएरै अभिव्यक्त भएका सिर्जनशील कला निर्माण गर्न सक्ने अनुभवहरू प्रदान गर्छ । कला शिक्षणको वर्तमान पाठ्यक्रमको खुड्किलो पार नगरी यसभन्दा जटिल र परिष्कृत पाठ्यक्रम लागू गर्न सम्भव हुँदैन । सिर्जनात्मक अभिव्यक्ति कला शिक्षणसम्बन्धी पाठ्यक्रम लागू गर्दा भएका सफलताका कथाहरूको अभिलेख राख्नु अहिलेको आवश्यकता हो । त्यसका आधारमा यस विषयसम्बन्धी शिक्षण–विधिको दिगो जग निर्माण गर्न सकिन्छ । प्रस्तुत तस्बिरहरूले यस्तै सफलताका कथाहरू बोकेका छन् ।

रेखाचित्र
सिसाकलम, चक, मैन रङ, मार्कर वा इँटका टुक्राजस्ता विभिन्न कोर्ने, सामग्रीहरू र कागज, भूइँ स्लटे र भित्ताजस्ता कोर्न हुने सतहमा चित्रकला सिर्जनाको अनुभव प्रदान गर्नु कक्षा एकको उद्देश्य हो । कक्षाकोठामा कथा सुनाएपछि शिक्षकले बालबालिकाहरूलाई स्वतन्त्र रूपले विद्यालय बाहिर सिमेन्ट लगाएको भुइँमा चकले कोर्न दिए । बालबालिकाले आफ्नो मनमस्तिष्कमा फुरेका कल्पनाहरू कोरे; एकआपसमा सल्लाह गरे, अरूहरूले कोरेका कुराहरूलाई स्वीकारे र ठूलो सन्तुष्टिका साथ एक घण्टाको कक्षाबाट विभिन्न सिकाइ उपलब्धिहरू हासिल गरे ।

माटाको काम
मुछेको माटोलाई कक्षामा शिक्षण सामग्रीको रूपमा प्रयोग गरेर विद्यार्थीहरूलाई विभिन्न सीप सिकाउन सकिन्छ । माटो साना बालबालिकादेखि वरिष्ठ कलाकारहरूले रुचाउने वस्तु हो । पानीको मात्रा न्यनू राखेमा कक्षामा हिलो हुँदैन र माटो प्रयोग गर्न रमाइलो हुन्छ । यहाँ बालबालिकाहरू माटो पले रे त्यसमा बुट्टा काटन् र दुवै हातका औैंलाहरू स्वतन्त्र रूपमा प्रयोग गरेर आकृति निर्माण गर्नमा तल्लीन छन् ।

कोलाज
कागजको सतहमा विभिन्न रङ्गीन या खस्रा वस्तुहरू टाँसेर कोलाज चित्र बनाइन्छ । विभिन्न आकर्षक रङ भएका कागजहरू सङ्कलन गर्ने, काँटछाँट गर्ने र मिलाउने सामग्रीहरूको सही र सुरक्षित प्रयोग गर्न सिकाउँदा बालबालिकाको मनमस्तिष्कका भावनाहरू ठोस रूपमा अभिव्यक्त हुन पाउँछन् । कोलाज तयार पार्दा कक्षा एकका बालबालिकाहरूले चित्र संयोजन गर्न सिक्छन् भने उनीहरूमा कैँचीदेखि लिएर करौँतीसम्म प्रयोग गर्न सक्ने क्षमता निर्माण हुन्छ । कोलाज कार्य गर्दा बालबालिकाहरूले स्पर्श र दृश्य दुवै ज्ञानेन्द्रियहरूको प्रयोग गर्दछन् ।

मिलाउने र टाँस्ने प्रक्रिया गर्दा बालबालिकाहरू विभिन्न विकल्प र सम्भावनाहरू खोज्छन् । यस्ता सम्भाव्यताबाट बनेका आकार र ती बीचको सम्बन्धले ठोस अर्थ बोक्छन् । कोलाज वैयक्तिक सोच र संवेदनशीलतालाई मूर्तरूप दिने एउटा सशक्त माध्यम हो ।

निर्माण
यस पाठमा शिक्षकले कार्डबोर्ड; बाक्लो कागज, थर्मकोल, माटो, सिन्का र रङ लगाउने सामग्रीहरू उपलब्ध
गराएका छन् । बालबालिकाहरूले यिनै वस्तु जोडजाड गर्ने र निर्माण गरी उभ्याउने प्रयास गरेका छन् । कसैले थर्मकोलका टुक्राहरू जोडेर, कागजको पङ्खा बनाएर, रङ दलेर हेलिकोप्टर बनाए भने कसैले थर्मकोलमा कागज र कार्डबोर्ड टाँसेर चराको आकृति दिए । बालबालिकाको अभिरुचि झ्ल्कने सिर्जनशीलता प्रयोग गर्ने मौका यस पाठले दियो । कक्षाबाट बाहिरिँदा रेकको मुहारमा हाँसो र मनमा आत्मसन्तुष्टि छाएको सजिलै अनुभव गर्न सकिन्थ्यो । बालबालिकाहरूको पढाइसम्बन्धी अनुभवहरूमध्ये कला शिक्षाको अनुभव सबैभन्दा रोचक र स्मरणीय हुन्छ । निश्चित पाठ्यक्रम अनुसार विद्यालयमा कला शिक्षण गर्दा बौद्धिक विकासका चरणहरू अनुसार नै कला सिर्जना हुँदै जान्छ । व्यक्तिगत अनभु वहरूमा केन्द्रित अभिव्यक्ति नै अर्थपूर्ण कला सिर्जना गर्ने पाठको आधार हो । प्राथमिक विद्यालयको हाल परिमार्जित राष्ट्रिय पाठ्यक्रमले चरणबद्ध विकासक्रम र व्यक्तिगत अर्थपूर्ण कला सिर्जना दुवै अवधारणालाई अँगालेको छ ।

‘सिअक’ पढाउन सिद्धहस्त कलाकार नै शिक्षक हुनुपर्छ भन्ने छैन । कला क्षेत्रमा रुचि भएका र आधारभूत तालिमप्राप्त शिक्षकले यो विषय सजिलै पढाउन सक्छन् । पाठ्यक्रमअनुसार पढाउन महँगा र स्थानीयस्तरमा प्राप्त गर्न नसकिने कुनै पनि सामग्रीहरूको आवश्यकता पदर्नै । यो विषय आफूलाई सुहाउने तरिका र उपलब्ध जुनसुकै सामग्री प्रयोग गरेर पढाउन सकिन्छ । माटो मुछ्ने, भुइँमा कोर्ने, पात सङ्कलन गर्नेजस्ता काम उत्पादनमूलक अभ्यास हुन् । तिनमा सिर्जनशीलता निहित छ । हामी शिक्षकहरूले पनि यस्तो काम गर्दा रामै्र हुन्छ । सिर्जनात्मक अभिव्यक्तिशील कला शिक्षकहरूले एकआपसमा आफ्ना सफल पाठ र अनुभवहरू साटासाट गरेर यो विषयको शिक्षणलाई अरू बढी दिगो र उपयोगी तुल्याउन सक्छौं ।
(गौतम, रातो बङ्गला स्कूल, ललितपुरमा सिर्जनात्मकअभिव्यक्ति कला सिकाउनुहुन्छ ।)
२०६४ माघ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/