अमाप्य तर जीवनोपयोगी केही गतिविधि

by • • Homepage Mosaic, विविधComments (0)716

कैयौं यस्ता गतिविधि छन्, जसलाई सामान्यतः पाठ्यक्रमले समेट्तैन । यिनलाई प्रायः सिकाइका अमाप्य/मापन गर्न नसकिनेरनन–मेजरेबल क्षेत्र मानिन्छ, किनभने यिनको मापनरमूल्यांकन गर्न पाठ्यक्रमका सामान्य विषयको तुलनामा निकै कठिन हुन्छ । यस्ता महत्वपूर्ण गतिविधि हुन्— कला, हस्तशिल्प, नृत्य, नाट्य, संगीत र गायन, बागबानी, पर्यावरणको अध्ययन । यीसँग निकट सम्बन्ध राख्ने अन्य तीन विषय हुन्– निर्णय गर्नु, छलफल र नैतिकता ।
यीमध्ये कैयौं अथवा सबै विषय÷गतिविधि पाठ्यक्रमबाट अनायास बाहिर पारिएका हुन्छन् । कुनै कारणवश पाठ्यक्रममा समावेश गरिएछ नै भने पनि यिनलाई शिक्षकहरूले फिटिक्कै महत्व दिंदैनन् । त्यसैले यी विद्यालयका दैनन्दिन गतिविधिका अंग बन्दैनन् । प्रश्न उठ्छ, यस्तो किन रु
पहिलो कुरा त के भने, हाम्रो शिक्षा प्रणालीले यी गतिविधिको वास्तविक महत्व बुझेकै छैन । यिनलाई बढीभन्दा बढी सोख वा अतिरिक्त क्रियाकलापका रूपमा मात्र हेर्ने गरिएको छ । यस्ता गतिविधिका रूपमा, जसलाई कि केटाकेटीलाई व्यस्त राख्न अथवा तिनलाई अन्य विषयको ‘गम्भीर’ अध्ययनबाट राहत उपलब्ध गराउन उपयोग गर्न सकियोस् ।
दोस्रो कुरा, यिनका निम्ति कुनै सुविचारित र व्यावहारिक पाठ्यक्रम कहिल्यै बनाइँदैन र यिनलाई स्कूलको दैनिक रुटिनमा पनि समावेश गरिंदैन । सेवा–पूर्वका शिक्षक–तालीमहरूमा समेत यिनले स्थान पाउँदैनन् । फलस्वरुप अत्यधिकांश शिक्षकहरूमा यी गतिविधिका लागि आवश्यक क्षमता नै हुँदैन । क्षमता नै नभएपछि केटाकेटीलाई यस्ता विषयमा अभिप्रेरणा दिन सक्ने कुरै भएन ।
तेस्रो कुरा, वर्तमान शिक्षाको सरोकार केवल सूचनासँग मात्र छ । पूर्व प्राथमिक तहमा बच्चा भर्ना भएदेखि, उसले ‘विद्यार्थी’ बनेर स्नातक तह उत्तीर्ण गरुन्जेलसम्म शिक्षाको सम्पूर्ण जोड असम्बद्ध सूचना÷जानकारीका टुक्रा उसको दिमागमा हाल्नुमै हुन्छ । अनेक तिगडम र रटन्ताम्बाट जसोतसो दिमागमा अल्झइएको त्यो भारी परीक्षा सकिना साथ छिट्टै विस्मृतिको गर्तमा विलीन हुन पुग्छ । जबकि, अमाप्य विषय या गतिविधिहरू सिकाउनका लागि भने बेग्लै प्रकारको शिक्षण विधि र सिकाइप्रति केटाकेटीको एउटा बेग्लै दृष्टिकोण पनि आवश्यक हुन्छ । अत्यन्त कम शिक्षक मात्र यस्ता विधि र यस्तो दृष्टिकोण सिक्न–बुझन आवश्यक क्षमता राख्छन् र त्यसनिम्ति समय दिन तयार हुन्छन् ।
चौथो र अन्तिम कुरा, यी गतिविधिहरूको मूल्यांकन कठिन छ र कैयौं सन्दर्भमा त असम्भव पनि । सबै ‘मूल्यांकन–विशेषज्ञ’ हरूले जप्ने महामन्त्र भनेको ‘जे सिकिन्छ त्यसको मूल्यांकन अवश्य हुनुपर्छ’ भन्ने नै हो । यस्तो अवस्थामा यस्ता गतिविधिहरू शैक्षणिक प्रक्रियाको मुख्य हिस्सा बनुन् पनि कसरी रु

अमाप्य गतिविधिहरूको महत्व
पाठ्यक्रममा यिनलाई समावेश नगरिनुका यति सशक्त कारण देखिसकेपछि तपाईं भन्न सक्नुहुन्छ— ‘त्यसो भए किन चाहिए त यी कुरा रु आखिर यिनको उपयोगिता चाहिं के हो रु तर, कुरो त्यसो होइन । यिनलाई महत्व दिनुपर्ने कैयौं कारण छन् ।
यी गतिविधि केटाकेटीको बौद्धिक विकासका लागि आवश्यक छन् । रमाइलो र उदेकलाग्दो पनि कुरा चाहिं के भने, प्रत्येक शिक्षाशास्त्री, प्रत्येक शिक्षा विभाग र प्रत्येक शिक्षा आयोगले सिद्धान्ततः यी गतिविधिको समर्थन गर्छन् । यस्ता अनन्त उदाहरणमध्ये एउटा हेरौंः
“खोज र आविष्कारलाई सबैभन्दा महत्वपूर्ण मानिने यस युगमा सृजनात्मक अभिव्यक्ति विशेष रूपमा महत्वपूर्ण हुन पुग्छ । शिक्षामा कलाको अवहेलनाले शिक्षण–प्रक्रिया दरिद्र बन्छ ।” ९भारतको कोठारी शिक्षा आयोग–१९८६ को रिपोर्टबाट०
वर्तमान शिक्षा प्रणालीभन्दा ‘दरिद्र’ अरू केही हुन सक्तैन । मेरो विचारमा, केटाकेटीले भयावह प्रतिशतमा स्कूल छोड्नुको मुख्य कारण आर्थिक नभएर अभिप्रेरणा एवं आनन्दको कमी हो । स्कूल स्वयंमा नीरस, दुःखदायी र अनुपयोगी गतिविधि बन्न पुगेको छ । त्यसैले केटाकेटीहरू मौका मिल्यो कि स्कूल छोड्न चाहन्छन् ।
यस्ता गतिविधिको सम्बन्ध सूचना दिनु वा पाउनुसँग भन्दा पनि समस्या समाधानसँग हुन्छ, त्यसैले यी निकै उपयोगी छन् । तर, स्वयं शिक्षकले नै आफ्नो स्कूल वा कलेजमा यस्ता गतिविधिमा भाग लिने मौका नपाएको हुँदा उसलाई विद्यार्थीबाट यस्ता काम गराउन महाभारत पर्छ । त्यसैले ऊ यिनलाई पनि सूचना दिने विषयमा परिणत गरिदिन्छ र यान्त्रिक तवरमा मूल्यांकन गर्छ– अरू विषयमा झैं । उदाहरणका लागि कला विषय सिकाउनु पर्दा ऊ ब्ल्याकबोर्डमा एउटा फूल बनाइदिन्छ र केटाकेटीलाई आआफ्नो कापीमा त्यसको नक्कल गर्न आदेश दिन्छ । यसप्रकार कसले कति राम्ररी वा जस्ताको तस्तै नक्कल गर्न सक्यो, त्यसका आधारमा एकदेखि दशसम्म कुनै पनि नम्बर दिन सम्भव हुन्छ । केटाकेटीले आआफ्नै इच्छाले अलग अलग वस्तुको चित्र बनाए भने विचरा शिक्षकले केको आधारमा तिनको मूल्यांकन गर्ने रु
दुर्भाग्यवश, स्कूलमा पढाइने विरलै विषयमा मात्र केटाकेटीले समस्या समाधान सम्बन्धी गतिविधिमा संलग्न हुने मौका पाउँछन् । प्रारम्भिक कक्षाहरूमा तिनले जे सिक्छन्, त्यो सूचना मात्र हुन्छ । उदाहरणका लागि, मातृभाषा शिक्षणमा समेत केटाकेटीले पुस्तककै कुरा रट्नुपर्छस आफ्नै पाराले वाक्य बनाउने अथवा समस्या समाधान गर्ने किसिमले भाषाको उपयोग गर्ने मौका उनीहरूले पाउँदैनन् । तर पनि त्यस्ता गतिविधिले तिनलाई समस्या समाधानको प्रशस्त अभ्यास र अवसर प्रदान गर्छन्, जुन अन्य विषयमा प्राप्त हुँदैन ।

यी गतिविधिहरूको एउटा अर्को फाइदा अवधारणा निर्माणको क्षेत्रमा छ । वर्तमान स्कूली पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा यो पक्ष लगभग पूरापूर अनुपस्थित छ । तरस कला, हस्तशिल्प, नाटक आदि गतिविधिमा केटाकेटीलाई त्यस्ता थुप्रै अवसर प्राप्त हुन्छन्, जहाँ तिनले नयाँ अवधारणाहरू बारे प्रयोगमार्फत स्पष्ट हुन सक्छन्– जसलाई तिनले राम्ररी बुझ्ेका छैनन् ।

स्कूलहरूमा चियाउँदा मात्र पनि छर्लंग देख्न सकिन्छ– त्यहाँ केटाकेटीले दिनभरिमा एकपल्ट पनि स्वयं निर्णय लिने अवसर पाउँदैनन् । तिनले कक्षामा के गर्ने, के पढ्ने, कस्ता प्रश्न गर्ने, के लेख्ने र यी कुरा कतिवेला गर्ने— यस्ता सारा निर्णय शिक्षकले पहिले नै गरिसकेको हुन्छस तिनले पढ्ने कुरा पाठ्यपुस्तकले पहिले नै निर्धारित गरिसकेको हुन्छ । तर यस्ता गतिविधिको फाइदा के हो भने, ठीकसँग गर्न दिंदा तिनमा केटाकेटीले स्वयं निर्णय गर्ने असंख्य अवसर पाउँछन् । स्वयं निर्णय गर्न सक्नु जीवनका निम्ति कति महŒवपूर्ण क्षमता हो, भनिरहनु नपर्ला ।

यस्ता गतिविधि नितान्त आनन्ददायी हुन्छन् । केटाकेटीलाई विभिन्न कुरा बनाउन मजा लाग्छस उनीहरूलाई नाच्न, गाउन, नाटक गर्न असाध्यै स्वाद लाग्छ । प्रायः यी नै त्यस्ता गतिविधि हुन्छन्, जसका माध्यमबाट केटाकेटीमा शिक्षाप्रति सच्चा लगाव पैदा हुन्छ । यिनै दक्षताहरूका माध्यमबाट अनि यिनबाट प्राप्त हुने आनन्दका कारणस वस्तुतः यिनमा प्राप्त गरिएको सफलताका कारण नै केटाकेटीलाई त्यो अभिप्रेरणा प्राप्त हुन्छ, जुन शिक्षण प्रक्रियाको अत्यन्त महत्वपूर्ण पक्ष हो ।

अर्को फाइदा के हो भने, केटाकेटीले भाषा, गणित र विज्ञानमा जे सिक्छन् त्यसलाई स्वयं आफैंले गरेको कामसँग जोड्ने महŒवपूर्ण कडीको काम यी गतिविधिले गर्छन् । उदाहरणका लागि, केटाकेटीले गणितको पुस्तकका माध्यमबाट आधा र एक–चौथाइको अन्तर पढेका–सिकेका त हुन्छन्, तर हस्तशिल्पको गतिविधिमा कागज नाप्ने, काट्ने, जोड्ने आदि गर्दा ती गणितीय अवधारणाहरूको अन्तर तिनलाई स्पष्ट हुन्छ । विभिन्न विषयहरूबीच सम्बन्ध स्थापित गर्नुका अतिरिक्त यी गतिविधिहरूले ध्यान–केन्द्रीकरणका त्वहरूलाई पनि विकसित गर्छन्स खासगरी ती व्यक्तिनिष्ठ तत्वहरूलाई, जसमा स्वभाव र बानीहरू पर्दछन् ।

शिक्षकहरूले कक्षामा जस्तो अनुशासन लागू गरेका हुन्छन्, सामान्यतः पदार्थहरूले त्यसभन्दा बेग्लै प्रकारको अनुशासन सिकाउँछन् । जस्तै, मुछेको माटोसँग सावधानीसाथ व्यवहार गर्नैपर्छ, नत्र त्यसलाई सही आकार दिन सकिंदैनस बनेको आकार पनि बिग्रन्छ— विरुप हुन्छ । यो केटाकेटीका निम्ति नयाँ खालको अनुशासन हो, जो कुनै वयस्कले होइन स्वयं सामग्रीले लागू गरेको हो । केटाकेटीहरू जति जति यस प्रकारका गतिविधि गर्दै जान्छन् त्यति त्यति पदार्थहरूले सिकाउने अनुशासनप्रति सचेत हुँदै जान्छन् । परिणामस्वरुप, वयस्कहरूले लगाउने अनुशासनलाई बढी समझ्दारीका साथ ग्रहण गर्न थाल्छन् ।
सिकाइको हस्तान्तरण त छँदैछ । हामीलाई थाहै छ- कुनै पनि क्षेत्र वा विषयमा समस्या समाधान राम्ररी गर्न जान्ने भएपछि केटाकेटीले अन्य क्षेत्र वा विषयमा पनि त्यो क्षमता र दक्षता सहजै प्राप्त गर्छन् । यसमा यी गतिविधिहरूबाट जतिको लाभ अरू केबाट होला रु
यस लेखको शुरूमा छलफल र नैतिकताको पनि उल्लेख गरिएको थियो । यी गतिविधिसँग तिनको सम्बन्ध र सरोकार अझ् सघन र बृहत् छ । कसरी रु एकछिन आफैं अलि गम्भीर भएर विचार गरिहेर्नोस् त । 

साभारः शिक्षा विमर्शरअगस्ट–सेप्टेम्बर, १९९८

भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/